ताजा समाचार

राजदूत लक्की शेर्पामाथि छानबिन गर्न परराष्ट्रले बनायो समिति, वास्तविकता बाहिर ल्याउँछौं : मन्त्री ज्ञवाली

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले एक समिति बनाएको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शेर्पामाथि छानबिन गर्न मन्त्रालयको आन्तरिक समिति बनिसकेको जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो गम्भीर आरोप भएको बताएका छन् । मन्त्रालयको छानबिन समिति बनिसकेको पनि बताए । उनले भने, समितिले दुबै पक्षमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउँछ । ’

यसअघि परराष्ट्रले घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो।

शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवाद सुरु भएको हो। मन्त्रालयले आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको हो।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका वाड्चुको आरोप छ।

वाङचुले आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको बताएका छन्।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने निकै बदमास रहेका वाड्चुले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org