ताजा समाचार

अन्तरप्रदेश परिषद् बैठक सकियो, ५ सदस्यीय कार्यदल गठन, कार्यदलमा को–को छन् ?

काठमाडौं । आइतबार सुरु भएको अन्तर प्रदेश परिषदको बैठक सकिएको छ । बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।

उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउने संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकमा सबै मुख्यमन्त्रीहरुले आफ्ना भोगाइ, समस्या समाधान गर्न चाहेको विषय स्पष्टसँग राखेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको निश्कर्षसहितको प्रतिवेदन सात दिनभित्र बुझाउने गरी कार्यदल गठन गर्ने र त्यसको निश्कर्षलाई कार्यान्वयनमा लैजाने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org