‘निगालीको सुन्तला’ कैलालीको पहिचान
धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिनुभयो ।
सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र कसैले दुई किलोका दरले उक्त सुन्तला खरीद गरे । कैलालीको पहाडी क्षेत्र निगालीमा उत्पादन हुँदै आएको सुन्तला निकै स्वादिलो हुने गरेका कारण सो क्षेत्र सुन्तला उत्पादनमा पहिचान बनाएको छ ।
“कैलाली जिल्लाको पहिचान नै निगालीमा उत्पादन हुने स्वादिलो सुन्तला हो”, उक्त सुन्तला खरीद गर्दै गरेका स्थानीबासी नवराज जोशीले भन्नुभयो ।
निगालीमा यस वर्ष समयमै वर्षा भएका कारण सुन्ताला उत्पादन वृद्धि भएको पाइएको व्यापारी धामीले बताउनुभयो । “बगैँचामा यतिबेला सुन्तला थोकमा खरीद गर्ने व्यापारीको तानातान छ”, धामीले भन्नुभयो, “व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरीद गर्ने गरेका छन् ।” निगाली क्षेत्रमा यस वर्ष एउटै रूखमा पाँच क्विन्टलसम्म सुन्तला फलेको पाइएको अर्का व्यापारी मनोज धामीले बताउनुभयो । अन्य क्षेत्रको सुन्तलाभन्दा निगालीको सुन्तलाको माग बजारमा बढ्दै गएको सुन्ताला व्यापारी बताउँछन् ।
सुन्तला उत्पादक स्थानीय कृषकका अनुसार यस वर्ष समयमै वर्षा भएकाले सुन्तला उत्पादन पनि वृद्धि भएको छ । यस वर्ष निगाली र आसपासका क्षेत्रमा १०० टनभन्दा बढी सुन्तला उत्पादन भएको छ । समयमै वर्षा नभएको वर्ष सुन्तलाको बोटका हाँगा पहँेलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या देखिने देखिने गरेको बताइएको छ ।
चुरे गाउँपालिकाको निगालीसहित सहजपुर र खैराला क्षेत्रलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कृषि विकास कार्यालयले यस क्षेत्रका स्थानीय कृषकलाई विभिन्न प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।
सुदूरपश्चिमका अन्य जिल्लामा उत्पादन हुने सुन्तलाभन्दा निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने, दाना ठूलो र आकर्षक देखिने गरेको व्यापारीको भनाइ छ । व्यापारी तथा उपभोक्ताबीच निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा वर्षेनी सुन्तला खेतीको विस्तार पनि हुन थालेको छ । अहिले निगालीमा मात्रै व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसान दुई सयभन्दा बढी पुगिसकेको बताइएको छ ।
आफ्नो खेतमा ५३२ बोट सुन्तला रोप्नु भएका कृषक प्रेम आचार्यले भन्नुभयो, ‘‘एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० हजारदेखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।” निगालीको सुन्तलाको बजार माग बढ्दा अन्य ठाउँमा उत्पादन भएको सुन्तलाई पनि ‘निगालीको सुन्तला’ भन्दै व्यापारीले बिक्री गर्ने नयाँ शैली पनि अपनाउन थालेको पाइएको छ ।
धनगढी, भीमदत्तनगर, अत्तरियालगायत शहरी क्षेत्रमा भित्रिने सबै सुन्तला निगालीको नभए पनि व्यापारीले आफूसँग रहेको सुन्तला बिक्री गर्न निगालीको सुन्तलाको प्रचार गर्दै नयाँ शैली अपनाएर कारोवार गर्ने गरेको कृषक आचार्य बताउनुहुन्छ । उत्पादन क्षेत्रमा थोकमा प्रतिक्विन्टल रु पाँच हजारदेखि रु छ हजारमा खरीद बिक्री हुने सुन्तला धनगढी अत्तरियालगायत बजार क्षेत्रमा व्यापारीले प्रतिकिलो रु १०० देखि रु ११० मा बिक्री गर्ने गरेका छन् ।
अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तलाभन्दा स्थानीय जातको सुन्तला स्वादिलो एवं मीठो हुने हुँदा स्थानीय कृषक आफैँ स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका पनि छन् । सुन्तला खेती विस्तार हुँदै गए पनि सिँचाइ योजनाको समस्या, उत्पादन भएपछि सहज रुपमा बजारसम्म सुन्तला पु¥याउन बाटोको असुविधा र उत्पादित सुन्तला भण्डारणका लागि शीतभण्डार लगायतका समस्या रहेको स्थानीय कृषकले बताएका छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












