शहीदको सपना पूरा गराउँछौँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् ।
थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’ ‘मुक्तिको बाटो’ को कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए ।
नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको उनले उल्लेख गरे ।
नेपालको संविधानले उत्पीडित जाति तथा समुदायका लागि अधिकार दिए पनि वास्तविक रुपमा ती अधिकार कार्यान्वयनको तहमा समेत पुग्न नसकेको उहाँको भनाइ थियो ।
आफूले विगतमा पनि उत्पीडित जाति र समुदायको पक्षमा लडेको र संविधानमा उनीहरुको अधिकार स्थाािपत गर्न लागिपरेको भन्दै केही बाँकी रहेका विषयलाई संविधान संशोधनमार्फत पूरा गर्न सकिने अवस्था रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उहाँले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताए । थारू समुदायका अगुवा एवं शहीद जोखन चौधरीले सम्पादन गरेको उक्त पत्रिका विगतमा बन्द भए पनि हाल पुनः प्रकाशन शुरु गरिएको उपलक्ष्यमा आज विमोचन गरिएको हो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












