ताजा समाचार

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org