पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो ।
शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटीको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । जिल्ला कमिटीमार्फत सिफारिश भएका अध्यक्ष र सचिवको प्रदेश कमिटीले टुङ्गो लगाएको हो ।
पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ, निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री हुनुहुन्छ ।
त्यसैगरी पूर्वखोला गाउँपालिकामा अध्यक्ष देवीप्रसाद पँगेनी र सचिव प्रेम गैरे, बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे हुनुहुन्छ ।
त्यसैगरी रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष चिरञ्जीवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन हुनुभएको छ ।
तत्कालीन नेकपा एमालेले तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी गाउँपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रको सचिव पदमा बाँडफाँड गरी एकता स्थानीय तहमा टुङ्गो लगाएका छन् । तत्कालीन माओवादी केन्द्रले रामपुर नगरपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिकामा अध्यक्ष र सचिवमा सबै एमाले हुन् ।
तत्कालीन नेकपा एमाले र माओवादीबीच केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म पार्टी एकताले नेता, कार्यकता र जनतामा उत्साह आएको नेकपा पाल्पाका नेता तथा प्रदेश सदस्य राजेन्द्र विश्वकर्माले बताउनुभयो । पुस २० गतेसम्म नेकपाको वडास्तरमा कमिटी विस्तार हुनेछ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












