जबराविरुद्ध सुनुवाइ समितिले भोलिदेखि उजुरी लिने
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो ।
गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो ।
सोही पत्राचारमाथि छलफल गर्दै समितिले सोमबारदेखि १० दिनसम्मका लागि प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । जबराविरुद्धको उजुरी सोमबारदेखि आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उजुरी दिने म्याद सकिएपछि उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ । सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाइ हुने पनि स्पष्ट पारे ।
समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












