ताजा समाचार

दुई अध्यक्ष भएर नमूना काम गरेका छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताएका छन् ।

तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा ‘माओवादी केन्द्र’ निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छौँ, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भने, “संविधानले दिँदैन, नत्र दु्ई जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौँ ।”

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org