ताजा समाचार

कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति

काठमाडौँ ।  नेपाली कांग्रेसमा पदाधिकारीको संख्या ११ पुर्‍याउनेमा सहमति भएको छ। पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच कांग्रेसमा पदाधिकारीको संख्यालाई लिएर मतभेद रहँदै आएको थियो। पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पुर्‍याउनुपर्ने मत राखेको थियो भने देउवा पक्षले केहीअघिसम्म पदाधिकारीको संख्या बढाउन नहुने अडानमा थियो।

अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ। सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो। तर, महाधिवेशबाट प्रत्यक्ष निर्वाचित भने ५ जना मात्र हुने भएका छन्।

११ पदाधिकारीमध्ये चार जना ‘सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष’ को प्रत्यक्ष चुनाव हुनेछ। चारै जना सहमहामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने ती केन्द्रीय नेताले बताए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org