ताजा समाचार

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने

काठमाडौं ।  लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २ २ जना राख्न सहमत भएका हुन् ।

यो देउवाले प्रस्ताव गरेको संख्या हो । तर, निर्वाचन पद्धतीमा पौडेलको अडान सदर भएको छ । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ ।

कोषध्यक्ष र प्रवक्ता मनोनित हुनेछ ।शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ । केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने गरी सहमति जुटेको छ ।

विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org