‘सालको पात टपरी हुनी’ लोकदोहोरी गीत निमार्ण पक्षले मनायो ‘सेलिब्रेसन’
काठमाडौँ । लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुनी’ लोकदोहोरी गीत करोड क्लवमा प्रवेश गरेको अवसरमा निर्माण पक्षले सेलीब्रेसन मनाएको छ । बुधबार राजधानीमा एक भव्य कार्याक्रमको आयोजना गरेर सेलिब्रेसन मनाएको हो । उक्त सेलीब्रेसनको उद्घाटन केक काटेर गरिएको थियो । सधैं, युगसम्म बाँचिरहने, कणप्रिय, मर्मस्पर्शी शब्दको रचना गर्ने गीतकार नवराज पन्तले ‘सालको पात टपरी हुनी’ गीतको पनि शब्द लेखेका हुन् ।
गायक कुलेन्द्र विश्वकर्माले सबैको साथ भएको हुनाले नै गीत यतिधेरै चर्चा र लोकप्रिय भएको बताए । गायक विश्वकर्माले न्युज–नेपालसँग कुरा गर्दे आफूलाई लोकदोहोरीमा लाग्न ऊर्जा मिलेको बताए । उनले भने, ‘मलाई अझै लोकदाहोरीमा लाग्नका लागि थप ऊर्जा मिलेको छ । दर्शक श्रोताका माया धेरै मिलेको छ ।’
त्यसैगरी गीतलाई संगीतबद्ध गरेका गायक तथा संगीतकार वसन्त थापाले लोक दाहोरीलाई हिजो र आज हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन् । उनले ‘सालको पात टपरी हुनी’ गीत चर्चित हुनु एउटा संयोग रहेको बताए । उनले भने, ‘लोकदाहोरीलाई हिजो र आज हेर्ने दृष्टिकोण फरक रहेको छ । हामीले गीतको सेलीब्रेसन मनाउनु एउटा संयोग हो । हाम्रै वरिपरी रहेका शब्दलाई केलाएर यो गीत बनायौं ।’
संगीतकार तथा गायक थापाले अग्रजको सम्झना गरे । ‘अग्रजले बाटो नदेखाइदिएको भए आज लोकदोहोरीले यो स्थान हाँसिल गर्थेन ‘ उनले भने, अग्रजले बाटो नदेखाइदिएको भए आज लोकगीत संगीतको उन्नति यतिसम्म हुन्थेन ।’
उनले फिल्मका गीतले बजार खाइरहेको बेलामा लोकदाहोरी गाय तथा सर्जकहरू टुलुटुलु हेरेर बस्नु परेको बताए । ‘अहिले त्यो अवस्था छैन’ थापाले भने, ‘सालको पात टपरी हुनी गीतले हाम्रो उचाई बढाइदिएको छ ।’
हाँस्य कलाकार केदार घिमिरेले ‘सालतको पात टपरी हुनी’ गीत सुनिरहन मन लाग्ने बताए । नेपाली भाषालाई गोताखोर लगाएर खोज्नुपर्ने बेलामा झर्रो नेपाली शब्द संयोजन गरेर गीत निर्माण गर्नुले नेपाली भाषालाई समेत बचाएको कलाकार घिििमरेको भनाई छ । उनले लोृकगीत संगीत सुनिरहन सबैलाई आग्रह गरे । लोकदोहोरीलाई चलचत्रिको गीतका रूपमा पनि समावेश गर्न सबैलाई आग्रह गरे ।
अभ्यास डिजिटलले बजार ब्यवस्थापन गरेको यो गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतमा निशान घिमिरेले सम्पादन रहेको छ । यस गीतको भिडियो अभिनयमा सोही गीतका गायक संगीतकारद्वय कुलेन्द्र विश्वकर्मा र वसन्त थापा देखिएका छन् । गायक द्वयलाई नायिका मरिश्का पोखरेलले साथ दिएकी छिन् ।
कार्यक्रमा नयाँ तथा पुराना लोक तथा दोहोरी गायक, स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । नारायण रायमाझी, विमाकुमारी दुरा, खड्ग गर्वुजा, सर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, बाबुराम बोहोरा, रामजी खाँड, शंकर विसी, एक नारायण भण्डारी, विमलराज क्षेत्री, शोभा त्रिपाठी, पुस्कल शर्मा, कस्तुप पन्त, राधिका हमाल लगायतका कलाकारहरू सहित युवा साहित्यकार मिनराज वसन्तको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ‘सालको पात टपरी हुनी’ गीत उपस्थिति सबैसामु देखाइएको थियो । गीत बजेपछि गायक कुलेन्द्र विश्वकर्मा र नायिका मरिश्का पोखरेलले नृत्य समेत गरेका थिए । गीतको निर्माण पक्षले गीत निर्माण गर्न सहयोग पु¥याउनेहरूलाई सम्मान गरेको थियो । कीर्तीपुरस्थित भत्यापाटीमा रहेको ‘माया घर’ लाई गीतबाट प्राप्त भएको रकमको केही अंश हस्तान्तरण समेत गरेको थियो ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












