ताजा समाचार

संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार

- न्यूज नेपालसबैभन्दा बढी धान उत्पादन गर्ने पुरस्कृत ।

काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् ।

पाँचखपन नगरपालिका –६ का कृषक भिम कुमार थापा सम्मानित भएका छन् । पाँचखपन –६ का कृषक थापाले यो वर्ष ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल भएका हुन् ।

खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ ।

पाँचखपन नगरपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकका रूपमा थापालाई नगद ३० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । कृषक थापाको खलामै पुगेर सम्मान पत्रसहित नगद ३० हजार रुपैयाँ दिएर सम्मान गरिएको पाँचखपन–६ का अध्यक्ष विष्णु श्रेष्ठले बताए ।

आर्थिक बर्ष २०८२/०८३ को विनीयोजित बजेट ऐकैखला खेतमा सबैभन्दा बढि धान उत्पादन गर्नै कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम शिर्षक अन्तर्गत कृषकलाई थापा पुरस्कृत गरिएको हो । कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने कृषक थापालाई सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए।

कृषकको हौसला बढाउन तथा उत्पादनमा आधारित प्रोत्साहन दिन पुरस्कृत गरिएको उनको भनाइ छ । आगामी दिनमा पनि उत्पादनमा आधारित कृषक सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org