धरहरामा अब आधुनिकता टल्कन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताए ।
नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उनले , “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने बताए । “नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन् । भूकम्पले नोक्सान भएका धेरै सम्पदास्थल पुनःनिर्माण भइसकेका छन्”, विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बहानामा पुनःनिर्माणका कार्य रोकिने छैन ।”
पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको उनको भनाइ थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अत्याधुनिक सुविधा सम्पन्न धरहरा पुनःनिर्माणका क्रममा यसको मौलिकतालाई विशेष ध्यान दिइने जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै निर्माणका क्रममा आउने धुवाँ धुलोलाई न्यूनीकरण गरी वातावरण प्रदूषण हुनबाट जोगाउनुपर्ने विचार व्यक्त गरे ।
निर्माण कम्पनीका प्रबन्धक रमण महतोले करीब ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा २२ तलाको र ७२ मिटर अग्लो हुने जानकारी दिए । करीब रु तीन अर्ब ४८ करोडको लागतमा निर्माण पूरा हुने उक्त आयोजनाको समयावधि दुई वर्ष रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत हुने छन् ।
http://news-nepal.com/archives/101038
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












