सिगाना ‘सुन्तला गाउँ’, आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला लगाउने किसानको सङ्ख्या बढ्यो
बागलुङ । विसं २०३७ ताका आफ्नो गाउँमा सुन्तला खेती गर्ने एक्लो किसान हुनुहुन्थ्यो टोपबहादुर खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उहाँको खिस्सी पनि गरे । सुन्तलाबाट के आम्दानी होला र भन्ने आशङका थियो । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए ।
तर, सो गाउँमा सुन्तला खेती अहिले बढ्दै गएको छ । आम्दानीको भरपर्दो स्रोत हुँदै गएपछि सुन्तला लगाउने किसानको सङ्ख्या क्रमशः बढ्दो छ । विरुवा थप्दै जाने र उत्पादन लिने क्रम पनि बढीरहेको स्थानीयवासी बताउँछन् । गाउँमा सुन्तला लगाउने अहिले खड्का मात्रै एक्लो हुनुहुन्न । गाउँका झण्डै डेढ सय किसान सुन्तला खेतीमा लागेका छन् । बागलुङ नगरपालिका–८ सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । “शुरुमा सुन्तला खेती गर्दा म एक्लै थिएँ,” ६० वर्षीय खड्काले भन्नुभयो, “अहिले त गाउँभरि सुन्तला छ ।”
खड्काले शुरुमा सय बोट लगाएर सुन्तला खेती शुरु गर्नुभएको थियो । अहिले उहाँको बगैचामा नयाँ पुराना दुई सय सुन्तलाका बोट छन् । वर्षमा चार लाख बराबरको सुन्तला फल्ने खड्काको भनाइ छ ।
अर्का अगुवा किसान अनन्त खड्काले पनि आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएको छ । “वार्षिक तीन÷चार लाख सुन्तलाबाट कमाई हुन्छ,” उहाँले भन्नुभयो । अनन्तले पनि विसं २०३८ देखि सुन्तला खेती गर्दै आउनुभएको छ । वडास्तरीय कृषि समितिका अनुसार सिगानामा एक हजार रोपनीमा सुन्तला खेती भइरहेको छ । गत आवमा रु ८२ लाखको सुन्तला सिगानाबाट बाहिरिएको आँकडा समितिसँग छ ।
असिनाले चुटेका कारण यो वर्ष सुन्तला उत्पादन घटेको समितिका अध्यक्ष रेशम थापाले बताउनुभयो । “यो वर्ष करीब ६५ लाखको सुन्तला फलेको अनुमान छ,” उहाँले भन्नुभयो ।
काठमाडौँ, चितवन, पोखराजस्ता ठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरीद गर्छन् । “कहिँलेकाहीँ बगैँचा ठेक्कामा बिक्री हुन्छ,” थापाले भन्नुभयो, “टिपेर बेच्दा प्रतिकिलो रु ५० देखि ६० मूल्य पर्छ ।”
साना डोके व्यापारीले पनि किसानसँग किनेर बजारमा ल्याई बेच्ने गरेका छन् । सिगानामा बर्षेनी सुन्तला खेती विस्तार हुँदै गएको छ । गत आवमा मात्र १४ हजार नयाँ बिरुवा रोपिएको थियो । प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याइने ‘सुन्तला जोन’का प्रमुख बमबहादुर थापाले बताउनुभयो । उहाँले सन्तुला उत्पादनका लागि सिगाना उर्वर ठाउँ भएको उल्लेख गर्नुभयो ।
किसानले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट समेत सहयोग पाएका छन् । आयोजनाको १० लाख अनुदानमा स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समूहले सुन्तला भण्डारणका लागि ‘सेलर स्टोर’ बनाएको छ । अन्नबाली भन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सिगानासँगै बिहुँ, तित्याङ, दमेक लगायतका ठाउँ सुन्तला खेतीका लागि ‘पकेट’ मानिन्छन् ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












