ताजा समाचार

आज राष्ट्रिय टोपी दिवस मनाइँदै, किन मनाउन थालियो यो दिवस ?

काठमाडौं । राष्ट्रिय नेपाली टोपी दिवस मंगलबार मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर टोपी दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका पमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

विदेशी संस्कृति नकारात्मक असर रोक्न भन्दै पछिल्ला वर्षमा युवाहरुले टोली दिवसलाई विशेष महत्वको साथ मनाउने गरेका छन् । उनीहरु अँग्रेजी नयाँ वर्षको पहिलो दिन नै टोपी दिवसु धुमधामका साथ मनाउने गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org