बमजनलाई कारबाही नगर्न प्रचण्डसँग हारगुहार, मिडियालाई यस्तो आरोप
काठमाडौँ । तपस्वीको भेषमा बसेका रामबहादुर बमजनले बलात्कार गरेको र मानिस बेपत्ता पारेको समाचार आएपछि उनीमाथि कारबाही नगर्न उनको संगठनले राजनीतिक नेतृत्वलाई हारगुहार गरेको छ।
बमजनको बोधी श्रवण धर्म संघले पुस १३ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ज्ञापन पत्र बुझाएको छ। दाहाललाई भेट्नुअघि संघका मानिसहरूले गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेका ज्ञापन पत्र दिएका थिए।
दाहाललाई बुझाइएको ज्ञापन पत्रमा बमजनबारे समाचार सामग्री प्रकाशन/ प्रसारण गर्ने सञ्चारमाध्यमलाई धार्मिक सहिष्णुतामा खलल पुर्याउन लागेको आरोप लगाइएको छ।
बिल्कुलै योजनावद्ध ढंगले धार्मिक सहिष्णुतालाई खलल गराउने कुत्सित मनसाय राखी देश र जनतालाई नै बर्बादीको दिशातर्फ घचेट्ने धृष्टतासहित सेतोपाटी अनलाइन न्युज, कान्तिपुर दैनिकको विशेष अगुवाइमा पछिल्लो समय केही अन्य सञ्चार माध्यम पनि तानिएर महासम्वोधी धर्म संघ गुरूज्यूलाई मानिस बेपत्ता पारेको संगीन आरोप लगाई योजनावद्ध ढंगले गतिविधि विकसित भइरहेका छन्,’ दाहाललाई बुझाइएको पत्रमा भनिएको छ, ‘अध्यक्षज्यूमार्फत् नेपाली दिदीबहिनी, दाजुभाइ र विश्व समुदायसँग यो अन्यायपूर्ण कायर गतिविधिको विरोध गर्दै साम्प्रदायक दंगा फसाद भड्काउनेतर्फ उन्मुख गतिविधिलाई रोक्नतर्फ कदम चाल्न नेपाल सरकारको ध्यानाकृष्ट गराइदिनुहुन यो मैत्रीय ज्ञापन पत्र प्रस्तुत गर्दछौं।’
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












