ताजा समाचार

चन्द्रागिरि केवलकारले १५ लाख कित्ता प्राथमिक शेयर जारी गर्दै

काठमाडौं। चन्दागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्लले १५ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रस्ताब सहित पुस ३० गते ९औं वार्षिक सधारणसभा डाकेको छ। कम्पनीले वार्षिक साधारणसभामा प्रवन्धपत्र र नियमावलि संसोधन गरि जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताब गरेको छ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबर अर्थात १५ लाख कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि सार्वजनिक बिक्री गर्ने विशेष प्रस्ताव अगाडि सारेको हो।

कम्पनीले यसअघि नै सार्वजिक शेयर निष्काशन गर्ने योजना बनाएको भए पनि धितोपत्र तथा सार्वजनिक शेयर निष्काशन सम्बन्धि नियम अनुसार कम्तिमा पनि दुई आर्थिक बर्षको लेखापरिक्षण गर्नु पर्ने नियमले गर्दा पछाडि धकेलिएको थियो।

चन्द्रागिरिले सार्वजनिक शेयर निष्काशन प्रकृया सुरु गरेसँगै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढ्ने छ। साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने प्रस्ताव अगाडि सारेको छ। १० प्रतिशत शेयर प्रभावित र आम सर्वसाधारण सबैका लागि हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org