ताजा समाचार

सात वर्षपछि प्रभु बैंकका शेयरधनीले पाए लाभांश

काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई लाभांश प्रस्ताब गरेको छ। बैंकको पुस २२ गते बसेको संचालक समिति बैठकले शेयरधनीलाई १०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।

यस अनुसार शेयरधनीले पाँच प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजन सहित ५.२६ प्रतिशत नगद लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।

बैंकले बिगत सात आर्थिक बर्ष यता लाभांश दिएको थिएन। खराब कर्जालाई उठाउँदै लगेका कारण बैंकले लाभांश प्रस्ताव गर्न सकेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org