ताजा समाचार

‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी गर्दै सरकार

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् ।आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो ।’

हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको भन्दै उनले भने, ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले पानी जहाज चल्ने भन्दै पुस १६ का लागि टिकट काट्न निम्तो दिएका थिए । तर, उनले आफ्नो बाचा किन पूरा भएन भन्ने जवाफ दिनुको साटो प्रश्न गर्नेहरुलाई नै व्यंग्य गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org