बैंकको सिईओ बन्न राष्ट्र बैंकको अनुमति चाहिने
काठमाडौँ । अब बैंकको संचालक समितिले छनौट गरेकै भरमा मात्रै सिईओ नियुक्त नहुने भएको छ। सिईओ नियुक्तिका लागि अब राष्ट्र बैंकले अनुमति दिनुपर्ने व्यवस्था गरिने भएको छ।
राष्ट्र बैंकबाट अनुमति लिएर मात्रै सिईओ नियुक्ति गर्न पाइने छ। हाल संचालक समितिको बैठकले छनौट गरेपछि सिईओ नियुक्ति हुने र नियुक्ति भइसकेपछि राष्ट्र बैंकलाई सात दिनभित्रमा जानकारी मात्रै गराए हुने व्यवस्था छ।
राष्ट्र बैंकले नयाँ व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने भएको छ। यसका लागि बाफिया (बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन) संशोधन हुने भएको छ।
बाफिया संशोधन गरेपछि मात्रै यो व्यवस्था लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार संचालक समितिले सिईओ छनौट गर्ने व्यक्तिको नाम तथा योग्यतासहितको विस्तृत विवरण राष्ट्र बैंकमा अनुमतिका लागि पठाउनुपर्नेछ। राष्ट्र बैंकले सिईओका लागि उत्कृष्ट ठहर गरेपछि नियुक्तिका लागि स्वीकृति दिनेछ। त्यसपछि मात्रै बैंकमा सिईओ नियुक्त हुने छन्।
आफूहरुको हित हुनेगरी संचालकहरुले पहिले नै शर्त राखी सिईओ छनौट गर्ने र त्यसबाट वित्तीय प्रणालीलाई नै असर पर्न थालेको भन्दै राष्ट्र बैंकले यो व्यवस्था गर्न लागेको जनाएको छ। सिईओ संचालकप्रति मात्रै बढी उत्तरदायी हुने, बैंकिङ व्यवस्था र अभ्यासलाई समेत मिच्ने परिपाटी बढ्न थालेकाले यो व्यवस्था जरुरी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। सिईओहरुले नै संचालकबाट दवाव आउने गरेको गुनासो समेत गर्ने गरेको उनको भनाई छ।
बैंकका संचालकहरु भने यो व्यवस्था जरुरी नरहेको बताउँछन्। तोकेको योग्यता पुगेको व्यक्ति सिईओ छनौट हुने भएकाले यो व्यवस्थाको कुनै अर्थ नरहेको र अनावश्यक रहेको संचालकहरुको टिप्पणी छ।
बाफियामा कार्यकारी प्रमुखको कार्यसम्पादन उपयुक्त नठानेमा संचालक समितिले बीचमै हटाउन पाउने व्यवस्था समेत छ।
बफियामा सिईओका लागि न्यूनतम योग्यता समेत तोकिएको छ। जसअनुसार व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ।
त्यस्तै चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्छ।
के हुन्छ सिईओको काम, कर्तव्य र अधिकार ?
प्रबन्धपत्र र नियमावलीको अधीनमा रही सञ्चालक समितिबाट प्रदत्त अधिकार प्रयोग गर्ने।
संचालक समितिको निर्णय लागू गर्ने र बैंक वा वित्तीय संस्थाको काम कारबाही तथा कारोबारको रेखदेख तथा नियन्त्रण गर्ने ।
बैंक वा वित्तीय संस्थाको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि सञ्चालक समिति समक्ष पेश गर्ने।
बैंक वा वित्तीय संस्थाको कर्मचारी विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने। साधारण सभाद्वारा गरिएका निर्णय कार्यान्वयन गर्ने, गराउने।
यस ऐन (बाफिया) र राष्ट्र बैंकको निर्देशन अनुरुप संस्था सञ्चालन गर्ने र बैंक वा वित्तीय संस्थाको प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने।
यस ऐन, राष्ट्र बैंकको निर्देशन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंक वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि यथासमयमा पेश गर्ने।
निक्षेपकर्ता, शेयरधनी तथा बैंक वा वित्तीय संस्थाको उच्चतम हित हुने गरी सञ्चालन गर्ने। सञ्चालक समितिले निर्धारण गरेको नीति अन्तर्गत रही उच्च व्यवस्थापनको लागि उचित मापदण्ड लागू गर्ने ।
Comments
अरु समाचार
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...