ताजा समाचार

कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई

खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ हाल जिल्ला कमिटि सङखुवासभाका सचिव हुनुहुन्छ । वि.सं. २०२८ साल पौष २५ गते चिचिला गाउँपालिका १ को ढुङ्ग्रेमा जन्मिनुभएका उहाँको शैसवकालमा नै बुवाआमासँगै २०३७ सालमा खाँदबारी ५ माल्टामा बसाई सर्नुभयो ।

शिसु कक्षामा चिचिला गाउँपालिका स्थित सरश्वती मावि बलौटेमा भर्ना हुनु भएपनि खाँदबारी नगरपालिका ५ माल्टा बसाई सरेपछि कक्षा १ देखि ७ सम्मको निम्न माध्यमिक विद्यालय तहको शिक्षा माल्टा स्थित सरश्वती माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो । वि.सं. २०४४ सालबाट थप अध्ययनको लागि खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालय आउनुभयो र यहि विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभयो । तत्पश्चात खाँदबारीकै ब?ण बहुमुखि क्याम्पसबाट २०५५ मा प्रविणता प्रमाणपत्र तह पुरा गरि सोहि क्याम्पसबाट २०६३ मा स्नातक तह पुरा गर्नुभयो । स्नातक तहमा राजनिति शास्त्र र इतिहास अध्ययन गर्नुभएका उहाँ स्नातकोत्तर तहमा ग्रामिण विकास अध्ययन गर्न धनकुटा स्थित धनकुटा बहुमुखी क्याम्पस पुग्नुभयो र २०६८ मा स्नातकोत्तर तह पुरा गर्नुभयो ।

बाल्यकालदेखि नै फरक स्वभावका उहाँले वि.सं. २०५१ सालमा अन्तरजातीय बिवाह गर्नुभयो । ‘मानिसको अन्तराष्टिय जाति हुनेछ’ भन्ने कम्युनिष्ट मान्यतामा विश्वास गर्न राईले खाँदबारी नगरपालिका ५ माल्टाका उपाध्यय ब्राहमण थरकी सुनिता काफ्लेसँग बिवाह गर्नुभयो । त्यो समयमा अन्तरजातीय बिवाह गर्नु चानचुने विषय थिएन । तथापी जातपातमा कुनै अन्तर हुँदैन भन्ने प्रमाणित गरिदिनुभयो । राई र काफ्ले दम्पतीबाट २ छोराहरु छन् । जेठो त्रिविक्रम राई, जस्ले सिभिल इञ्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरिसकेका छन् भने कान्छो छोरा त्रिलोचन, जस्ले होटल म्यानेजमेन्टमा स्नातक तह उतिर्ण गरिसकेका छन् । राईको पारिवारिक पहिचान स्वरुप दुवै छोराको सहित दरसन्तानको नामको अगाडी ‘त्रि’ राख्दै जाने बताउनुहुन्छ ।

राजनितिलाई पेशा होइन, सेवाको  रुपमा लिनु पर्छ भन्ने मान्यतामा स्पष्ट रहनुभएका राई राजनितिसँगै ब्यावसायीको रुपमा राम्रो छवि बनाउनुभएको छ । जिल्लाको राजनितिक नेतृवमा पुगिसक्नुभएका राईले २०५१ साल ताका नै ब्यापार ब्यावसायमा लागिसक्नुभएको थियो । त्यसबेला खाँदबारीको नयाँ बजारमा खुद्रा ब्यापार सुरु गर्नुभयो । लगानीको लागि शुन्य अवस्थामा रहनुभएका राई तथा काफ्ले दम्पत्तिले आफुहरुसँग रहेको ढुङ्ग्री, मुन्द्रि लगायतका गहना बेचेर ब्यावसाय सुरु गरेका थिए । एवम् रितले २०५५ साल पश्चात भने खाँदबारीको पोखरी बजारमा खाद्यन्न, निर्माण सामग्री, ईलेक्ट्रोनिक्स, कम्युनिकेशन, साईबर आदिको ब्यापार गर्नुभयो । टेलिकम्युनिकेशन तथा साईबर सेवा सङ्खुवासभा जिल्लाकै पहिलो थियो । जुन सेवाबाट जिल्लाका कृयाशिल पत्रकारहरु लगायत सञ्चार क्षेत्रमा काम गर्नेहरु सवैभन्दा बढि लाभान्वीत भएका थिए ।

यत्तिले मात्र उहाँको ब्यावसायीक यात्रा रोकिएन । कृषी क्षेत्रमा पनि अध्ययन गरि लगानी बढाउने कार्य अन्तर्गत खाँदबारी ५ माल्टा दोभानमा एलोभेरा खेती गर्नुका साथै डेरी ब्यावसायको गहन अध्ययन पुरा गर्नुभयो । डेरी ब्यावसायको गहिरो अध्ययन पश्चात २०७३ सालको लक्ष्मी पुजाको दिनदेखि कारोवार सुरु गरि पहिलो उद्योग दिवसको दिन देखि खाँदबारी १ स्थित प्रगति टोलमा डेरी ब्यावसायको विक्री कक्ष सुरु गर्नुभयो । १ लिटर दुध खरिद विक्रि गरि सुरु गर्नुभएको उक्त डेरीमा हाल दैनिक २ सय लिटर भन्दा बढि दुध संकलन भई विक्रि समेत हुँदै आएको छ । मागध कृषी केन्द्र (पोषण डेरी) नाम दिएर स्थापना गरिएको यस डेरीबाट ४० भन्दा बढि पशुपालकहरु आवद्ध भई लाभ लिईरहेका छन् । ब्यावसायिक फर्मको नाम मागध राख्नुमा पनि रोचक तथ्य रहेछ । शास्त्रमा ब्राहमण कन्याले बैश्यको छोरासँग बिवाह गरि जन्मेका सन्तानलाई मागध भनिने र उनीहरुको काम ब्यापार गर्ने भन्ने रहेछ । निकट भविश्यमा नै यस डेरीलाई कम्पनीमा स्तर बृद्धि गर्ने र माल्टा दोभानमा रहेको प्रशोधन कक्षलाई सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।

११ बर्षको बाल्यकालदेखि नै कम्युनिष्ट विचारधाराबाट सञ्चालित प्रगतिसिल साँस्कृतिक कार्यक्रमहरुमा सामेल हुँदै राजनितिक गतिविधिमा संलग्न हुनुभयो । १६ बर्षकै उमेरमा २०४४ सालमा खाँदबारी स्थीत हिमालय माविमा गठन भएको नेकपा एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटि सदस्यको रुपमा संगठित भई २०४६ मा अध्यक्ष पदमा निर्वाचित हुनुभयो । विद्यार्थी राजनितिबाट राजनैतिक यात्रा सु? गर्नुभएको राई २०४७ मा सम्पन्न जिल्ला सम्मेलनबाट अनेराश्ववियु जिल्ला कमिटि सदस्यमा निर्वाचित हुनुभएको राई २०४८ पश्चात दुई पटक जिल्ला कमिटिको अध्यक्ष हुनुभयो । जिल्लाको विद्यार्थी राजनितिको नेतृत्व सम्हालिसक्नुभएको उहाँ कोशी अञ्चल कमिटिको सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष पदमा समेत निर्वाचित हुनुभयो ।

अनेरास्ववियूको दशौं राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनितिमा लगातार सहभागी हुँदै आउनुभएका उहाँ राष्ट्रिय परिषद सदस्यको हुँदै २०५५ मा सम्पन्न १४ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । १५ औं राष्ट्रिय सम्मेलनबाट भने विद्यार्थी राजनितिबाट विदा लिनुभयो । उहाँले युवा संघ नेपालको जिल्ला कमिटि कोषाध्यक्ष र सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । २०४८ सालमा नै नेकपा एमालेको संगठित सदस्य बनिसक्नुभएका राई २०५१ मा नेकपा एमाले जिल्ला कमिटि सदस्य बन्नुभयो । २०५३ सालमा सम्पन्न खाँदबारी नगर कमिटिको प्रथम अधिवेशनबाट कमिटि प्रमुख (सचिव) मा निर्वाचित हुनुभयो । यसै गरि २०६९ मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सचिवमा निर्वाचित हुनुभई थप कृयाशिलता बढाउनुभयो ।

२०७५ मा नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) विचको एकताको समयमा तत्कालिन प्रदेश १ कमिटिबाट सङ्खुवासभाको जिल्ला कार्यालय सदस्यमा मनोनित भई स्थानीय तहको पार्टी एकिकरण कार्यदल सदस्य भएर सकृयताका साथ जिम्मेवारी बहन गर्नुभयो ।
करिव २०७३ सालदेखि नै संस्थापन धारको जिल्ला संयोजकको जिम्मेवारी लिएर निरन्तर कार्य गर्दै आउनुभएका उहाँ नेकपा कालको अन्ततिर पार्टी बचाउने अभियानका क्रममा २०७७ पौष ९ गते काठ्माण्डौमा आयोजित नेकपा केन्द्रीय कमिटिको तेश्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यको सपथ ग्रहण गरेर जिल्ला संयोजकको भुमिका समेत निर्वाह गर्नुभयो ।

दुई दलको एकतासँगै बनेको नेकपाको बिवादपछि सर्वोच्च अदालतको फैसला अनु?प पुर्नगठित नेकपा एमाले जिल्ला कमिटिको २०७८ असोज ३ गतेको निर्णय अनुसार पुनः जिल्ला सचिवमा पदभार ग्रहण गर्नुभयो ।
२०७८ मा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुन जिल्ला कमिटि सचिव पदमा निर्वाचित भई जिल्ला सङ्गठन विभाग प्रमुख भई हालसम्म क्रियाशिल रहँदै आउनुभएको छ । २०४९ सालमा कानुन विषय अध्ययन गरि वकिल बन्ने लक्ष्य लिएर उहाँ काठ्माण्डौ हानिन लाग्नुभयो । तर तत्कालिन जिल्ला पार्टी प्रमुख (सचिव) तुलसी न्यौपाने, जिल्ला कमिटि सदस्य हरी बैरागी दाहाल लगायतले जिल्लामा नै बसेर पार्टीको काम गर्नु पर्ने निर्देशन, खाँदबारी कारागारमा कैदी जिवन विताईरहेका ख्याति प्राप्त कलाकार स्वर्गीय खेमराज गु?ङ लगायतको विशेष अनुरोध स्वीकार गरि हालसम्म पनि अनवरत ?पमा पार्टीको काममा तल्लिन हुनुहुन्छ ।

विगत ३५ बर्षदेखि निरन्तर राजनितिक गतिविधिमा सामेल हुँदै जिल्लाका अधिकांश घरदैलोमा पुगिसक्नुभएको छ । राजनितिमा सामेल हुँदै उच्च शिक्षा हासिल गरेको युवा पुस्ताको प्रतिनिधि, राजतितिक र सामाजिक कार्यमा निरन्तर समर्पित भएर स्वच्छ छवि कायम राख्न सफल हुनुहुन्छ । ग्रामिण विकाश विषयमा स्नातकोत्तर गर्नुभएका उहाँले खाँदबारी नगर सहित जिल्लाको आर्थिक, सामाजिक, राजनितिक, धार्मिक र शैक्षिक एवम् मानबीय अवस्थाका बारेमा राम्रो जानकारी भएकोले कुन ठाउँमा कुन प्रकृतिको नीति र विकास चाहिन्छ भन्ने बारेमा राम्रो ज्ञान राख्नु हुन्छ । लामो समय पार्टि तथा संघ संस्था सञ्चालन गरेको अनुभवबाट आवश्यक पर्ने कार्यक्रम र नीतिगत प्रावधानको तर्जूमा र कार्यन्वयन गर्ने ज्ञान, सिप र क्षमता भएको उहाँ विगतमा अनेक ?पका पार्टि विभाजनका सन्दर्भमा पनि संस्थापन धारलाई नै निरन्तरता दिँदै आउनुभएको छ ।

नेकपा एमाले अन्तर्गत राजनितिक नेतृत्व तथा कार्य सम्पादनमा मात्र नभएर उहाँले थुप्रै सार्वजनिक क्षेत्रमा समेत योगदान दिदै आउनुभएको छ । उहाँ २०४५ सालमा हिमालय माविको जुनियर रेडक्रस सर्कलको सभापति पदमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, २०४९ सालमा ब?ण बुहमुखी क्याम्पसमा सम्पन्न भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्यानलसहित सभापति पदमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०६१ मा गैह्रसरकारी संस्था महासंघ जिल्ला शाखा सङ्खुवासभाको प्रथम अध्यक्ष भएर काम गर्ने क्रममा पुर्वाञ्चलकै सर्वोत्कृष्ठ शाखा बनाउन सफल हुनुभएको थियो । यहि संस्थाको २०६३ मा सम्पन्न पुर्वाञ्चल समिति सदस्यमा समेत निर्वाचित हुनुभएको थियो । २०६२ मा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाको अध्यक्ष बन्नुभएको उहाँ त्यस पश्चातको अर्को कार्यकालमा समेत पुनः सोहि पदमा निर्वाचित हुनुभएको थियो । २०८० असोज १९ मा सम्पन्न भएको बरुण बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाद्वारा सञ्चालक समितिको सदस्य पदमा निर्वाचति हुनुभएको थियो । राई बहुप्रतिक्षित योगमाया आयुर्वेद विश्वविद्यालयको पुर्वाधार विकास निर्माण समिति सदस्य समेत हुनुहुन्छ । उहाँलाई नेपाल सरकार मन्त्री परिषदको २०७८ जेठ ३१ को मितिको निर्णयबाट सदस्य पदभार दिईएको हो ।

लामो समयसम्म सार्वजनिक संघसंस्था तथा राजनितिक दलको नेतृत्वमा रहेर सफलता पुर्वक कार्यसम्पादन गर्नुभए पनि हालसम्म कुनै पनि तहको जनप्रतिनिधिको उमेदवार भने बन्नुभएको छैन । विद्यार्थीकालदेखि राजनितिक यात्रा सुरु गर्नुभएको राई लामो रेशको घोडाको रुपमा आफुलाई प्रस्तुत गर्दै आउनुभएको छ । दिर्घकालिन सोँच र दुरदर्शी कार्य योजनाले नै सफलता प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्नुहुने उहाँ पार्टिको सदस्यता विस्तार, नविकरण, अद्यावधिक, डिजिटलाईज र अनलाईनमा लैजाने कार्यलाई अझ ब्यवस्थित गरि निरन्तरता दिने उहाँको आगामी लक्ष्य छ । आगामी दिनमा विधान अनुसार बन्न सक्ने सवै क्षेत्र र तहका कमिटिह? गठन गरि हरेक पार्टी सदस्यलाई संगठित गर्ने तथा हरेक नेता तथा कार्यकर्ताह?को जिम्मेवारीलाई एक संगठन, एक कमिटी, र एक पदको जिम्मेवारी लिने वा दिने अवस्था कायम गर्ने उहाँको लक्ष्य छ ।

योग्य र सक्षम कार्यकर्ताह?को विकास गर्न नेतृत्व हस्तान्तरणको पद्धतिलाई विकास गर्दै युवा पुस्ताको नेतृत्व विकासलाई निरन्तरता दिन ब्यवस्थित योजना बनाउने उहाँको आगामी योजना छ । गठन भएका कमिटीह?को क्षमता विकास गर्न क्षेत्र, तह र आवश्यकताका आधारमा धारावाहिक प्रशिक्षण कार्यक्रमह? आयोजना गर्ने र कार्यकर्ता तथा नेतृत्वको ?ची, क्षमता र श्रोतकोपहिचान गरि सोको आधारमा आयमुलक रोजगारी वा ब्यवसायिक कार्यह?मा संलग्न गराउने पनि उहाँको योजना छ । जनप्रतिनिधिहरुको क्षमताबृद्धि गर्दै मौजुदा नीति कार्यक्रम र बजेटको गहन अध्ययन गरि ती ठाउँह? अनुसारका कार्यक्रम बनाउन सक्षम गराउने उहाँको लक्ष्य रहेको छ । त्यस्तै सुखी नेपालीः समृद्ध नेपाल निर्माणका आधारह? तय गराउन पार्टी कमिटी र जनसंगठनहरुलाई परिचालित गर्ने गराउने उहाँको आगामी योजना रहेको छ ।
विगतमा पार्टीको पक्षमा निर्भिकताका साथ वकालत गर्दै अघि बढ्ने क्रममा विभिन्न कालखण्डमा विपक्षिह?को निशानामा पर्नुभएको थियो । हालसम्मको सारा जिवन पार्टि निर्माणमा मात्रै खर्चिनुभएको नेता राई पार्टीका कुनै पनि कमिटि तथा जननिर्वाचित पदहरुमा निर्वाचित हुनका लागि ‘नेतृत्वले खोजेको र कार्यकर्ताले रोजेको’ पात्रको रुपमा परिचित हुनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org