अझै खुलेन सहजपुर–दिपायल सडक
डोटी । डोटीको विपीनगर हँुदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि नखोलिएकामा स्थानीयवासी आक्रोशित भएका छन् ।
विसं २०४२ मा शिलान्यास गरिएको उक्त १०८ किमी सडकमध्ये ४३ किमीमा बाटो खुल्न बाँकी रहेको बडिकेदार गाउँपालिकाका रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानै छँदा शिलान्यास गरिएको उक्त सडक हामी बूढो हुन थालिसक्यौँ अझै पूरा भएको छैन ।” चुनावको समयमा उक्त सडकलाई दिपायलसम्म लगेर जोड्छौँ भन्दै नेताले भोट मागे तर पनि चुनाव जितेपछि कसैले फर्केर नहेरेको स्थानीयवासीको आरोप छ ।
हाल डोटीको बडिकेदार गाउँपालिकाको अतरकाँडासम्म मात्र सडक पुगेको छ । बाटो खोलिएको ६५ किमीमध्ये ५० किमीमा भने कालोपत्रको तयारी भइरहेको सोही स्थान निवासी बमबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक शिलान्यास भएको वर्षौँपछि ५० किमीसम्म कालोपत्र हुने भएको छ, कालोपत्रे मैले गराउन लगाएको भन्दै विभिन्न दलका नेतामा जुहारी चलेको छ ।”
कैलालीका दुई र डोटीका चार गाउँपालिका जोड्ने दिपायल–बोगटान सडकको जङ्गल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको ढिलाइले दुई आर्थिक वर्षको बजेटसमेत रोकिएको स्थानीयवासी बताउँछन् । डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकले पूर्णता नपाउँदा स्थानीयवासीको जीवनस्तरमा सुधार आउन नसकेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषि उत्पादनमा हाम्रो गाउँपालिका सबैभन्दा अगाडि छ तर सडक नहुँदा कृषकले उमारेका चिजवस्तु बजारसम्म पु¥याउन नसक्दा घरैमा कुहिन थालेका छन् ।” सहजपुर–बोगटान सडक कालोपत्र गर्नका लागि रु दुई अर्ब पाँच करोडमा ठेक्का भएर निर्माण कार्य अघि बढेको छ । तीस महीनाको निर्माण अवधि रहेको उक्त सडकखण्ड कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरदेखि बडिकेदारसम्म २८ किमी सडक कालोपत्र गरिने कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले बताउनुभयो ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












