ताजा समाचार

‘विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन सकेनन्’

दमौली ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालित विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले राजनीतिकरणबाट मुक्त भएको सीपमूलक र रोजगारमूलक प्राविधिक तथा अनुसन्धानमूलक शिक्षा दिने विश्वविद्यालय स्थापनाको परिकल्पना गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले यस वर्ष मनाङ र मुस्ताङका विकट क्षेत्रमा आवासीय विद्यालय स्थापना गर्न रु दश करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वर्ण महोत्सवकै अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । कालिमा स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा मेडिकल अधिकृत टीकाराम पौडेल नेतृत्वको पाँच स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा रु ६० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org