ताजा समाचार

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित हुन्छः सभामुख महरा

काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्ने बताएका छन् । शुक्रबार शान्तिपूर्ण तरिकाले विधेयक पारित गर्ने प्रयास हुन्छ पत्रकारहरुसँ कुरा गर्दै महराले भने, अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक छैन ।

महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले यस्तो बताएका हुन् ।

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org