ताजा समाचार

प्रदेश नं.१ को उत्कृष्ट ट्राफिक सम्मान प्रसनि बस्नेत लाई

प्रदेश नं.१ को ट्राफिक प्रहरी कायालर्य ले पौष महिनाको उत्कृष्ट ट्राफिक सम्मान ट्राफिक प्रहरी पोस्ट चारआली का इन्चार्ज प्रहरी सायक निरिक्षक राज कुमार बस्नेत लाई प्रदान गरेको छ ।

ट्राफिक ब्यबस्थापनमा उत्कृष्ट कार्य गरे वापत उनलाई यो पुलिस अफ दि मन्थ बाट सम्मान गरिएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरमा दरबन्दी रहेका बस्नेत हाल चारआलीमा कार्यरत रहेका छन् । उनले सचेतना ,बिभिन्न संघ सस्था सग सहकार्य गरेर जेब्राक्रस ,बिद्यालयमा सचेतना कार्यक्रम तथा बिभिन्न चेतना मुलक कार्यक्रम गरेको भन्दै यो सम्मान प्रदान गरिएको छ ।

ट्राफिक ब्यबस्थापन गर्नेकार्य जटिल भएतापनि यो सम्मानले ट्राफिक ब्यबस्थापनमा थप कार्यगर्न हौसला मिलेको प्रसनि बस्नेतले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org