काष्ठमण्डप पुनःनिर्माणको काम हुँदै
काठमाडौँ ।
काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताए ।
अध्यक्ष शाक्यले भने, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ ।” पुनःनिर्माणको जानकारी गराउँदै अध्यक्ष शाक्यले महानगरबाट प्राप्त भएको रु पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा रु एक करोड २२ लाख खर्च भइसकेको पनि जानकारी दिए । यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ ।
गार्खा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले काष्ठमण्डप सातौँ शताब्दीको हो भन्ने प्रमाणित भएको बताउँदै सम्पदाको मर्मत र उपयोगमा सावधानी नअपनाउँदा काठमाडौँले भूकम्पबाट व्यहोरेको क्षतिलाई सिकाइका रुपमा हेरिनुपर्ने बताए ।
सम्पदा पुनःनिर्माणका समग्र प्रगतिलाई हेर्दा काष्ठमण्डपको प्रगति सन्तोषजनक छ । यसबाट अन्य सम्पदा पुनःनिर्माण गर्न पनि पाठ सिक्नुपर्ने संस्कृतिविद् प्राडा सुदर्शनराज तिवारीले भनाइ राखे ।
गत वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिसकिएको छ । संरचनाविद् पे्रमनाथ मास्केले परम्परागत नेपाली शैलीमा निर्माण हुने यस सम्पदा उत्कृष्ठ हुने धारणा राखे ।
काष्ठमण्डपका झ्यालहरु निर्माण गर्नका लागि काठको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।
डकर्मी समूहलाई बोलाइ काष्ठमण्डपको जगको गारोको साइटको जाँचबुझ गर्ने काम शुरु गरिएको छ । तेस्रो घेराको गारोको पनि तह मिलाउन केही सल निकाली तह मिलाई पुनःजोडाइ गर्ने काम हुँदैछ । काष्ठण्डपको मूल थाम, निदाल तथा अन्य थामका लागि नयाँ काठ आइपुगेको छ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।
समितिले जानकारी दिएअनुसार इँटा ल्याउने क्रम जारी नै छ । अहिले ठूला काठ ल्याउने काम हुँदैछ भने आउँदो माघ १५ गतेसम्ममा काष्ठमण्डपका मुख्य चारवटा थाम उठाइसक्ने लक्ष्य छ । काष्ठमण्डप ऐतिहासिक सम्पदा भएकाले निर्माणका क्रममा प्रत्येक चरणको जानकारी राख्नुपर्ने र सम्पदालाई लामो समयसम्म बाचाइराख्न समय समयमा तीनको मर्मतसम्भार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












