ताजा समाचार

प्रतिनिधिसभा बैठक अघि सर्वदलिय बैठक जारी

काठमाडौं । सभामुख कृष्णबहादुर महराको पहलमा अहिले सर्वदलिय बैठक बसिरहेको छ । प्रतिनिधिसभा बैठकमा अवस्था तनावपूर्ण हुने देखिएपछि सभामुखले सर्वदलिय बैठक डाकेका हुन् ।

बैठकमा प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानुनमन्त्री भानुभक्त ढकाल लगायत सहभागि छन् ।

सरकारले आज संसदमा चिकित्सा शिक्षा विधेयक पेस गर्दैछ। जसरी पनि पारित गर्ने रणनीतिमा सरकार रहेपछि प्रतिपक्षी कांग्रेसले त्यस्तो अवस्था आए मुठभेड हुन सक्ने चेतावनी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org