२ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरियाे
काठमाडौं ।
द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको छ । सरकार र तत्कालिन विद्रोही माओवादीबीच भएको सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको हो ।
सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा आज बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले १ हजार १८ जना सेना, १ हजार ४ सय ४८ जना नेपाल प्रहरी, ३ सय १८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका गरी २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रम ओलीले यसबाट उनीहरुको योगदानको सम्मान भएको बताए । अहिले आएर युद्धको घाउ कोट्याएर अशान्ति र हिंसा भड्काउन खोजिएको भन्दै उनले अहिले घाउमा मलम लगाउने बला भएकोमा जोड दिए ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियाे ।
Comments
अरु समाचार
-
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध...
-
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ: हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम...
-
एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक आजदेखि सुरु
काठमाडौँ: सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी...
-
कोदोखेतीले धानेको खोरियागाउँ, प्रोत्साहन गर्ने नीतिकाे खाँचाे
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको...
-
राष्ट्रपति पौडेल स्वदेश आइपुगे, प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश...
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
दार्चुला दुर्घटना अपडेटः सात जनाको ज्यान गयो, छ जना गम्भीर
खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर...
-
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप...