हिउँले गाउँ जाने बाटो पुरिएपछि अलपत्र गुर्जाली
गलेश्वर । एक साताअघि काम विशेषले बेँसी झरेका म्याग्दी धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दा बाक्लो हिमपातका कारण गोरेटो बाटोसमेत पुरिएपछि घर फर्कन नसक्दा बीच बाटोमा नै अलपत्र परेका छन् ।
लुलान र गुर्जाका सिमानामा पर्ने देउरालीको करीब तीन किलोमिटर क्षेत्रमा चार फिटसम्म हिउँ जमेपछि बाटो अवरुद्ध भएको हो ।
घना जङ्गल रहेको सो क्षेत्रमा बाटो नपाएपछि २० भन्दा बढी गुर्जावासी मुना र लुलानमा नै बस्नुपरेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले बताए ।
अध्यक्ष छन्त्यालका अनुसार, बीच बाटोमा अलपत्र परेका व्यक्तिले गाउँमा रहेका आफन्तसँग समेत सम्पर्क गर्न सकेका छैनन् । हिमपातका कारण सञ्चार अवरुद्ध भएपछि गुर्जामा के भइरहेको छ भन्ने कसैलाई पनि जानकारी छैन ।
बीच बाटोमा भरिया र खच्चडसमेत अलपत्र परेका छन् । खाद्यान्नलगायतका आवश्यक सामान खच्चडमार्फत ढुवानी हुने गुर्जामा एक सातादेखि कुनै पनि सामान पुग्न सकेको छैन । त्यहाँ खाद्यान्नको समेत अभाव हुन थालेको आशङ्का गरिएको छ ।
वडाध्यक्ष छन्त्यालका अनुसार चरन क्षेत्रसमेत हिउँले पुरिएकाले पशु चौपाया र भेडाबाख्रा भोकै छन् । बाटोमा चट्टानजस्तो गरी हिउँ जमेको छ ।
आज १० बजेदेखि घाम लागेको छ । आज दिनभरि घाम लाग्यो भने हिउँलाई काटेर आपत्कालीन ट्याक बनाएर बाटो खुला गर्ने प्रयास गरिने छन्त्यालले जानकारी दिए ।
गुर्जाको तल्लो भेगका मानिस पनि हिमपातकै कारण शौचालयसम्म जान नसकेको बताइएको छ । हिमपातका कारण गुर्जावासीको जनजीवन अस्तव्यस्त बनेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।
वर्षासँगैको बाक्लो हिमपातका कारण गुर्जावासी कहर काट्न बाध्य भएका छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धाको दिनचर्या अत्यन्तै कष्टपूर्ण बनेको छ भने पशु चौपायासमेत भोकै गोठभित्र थुनिन बाध्य भएका छन् ।
हिमपातका कारण विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासी अतास्यिएका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुजलविद्युत्को पोल ढालेसँगै सञ्चार तथा विद्युत् सेवा ठप्प भएको छ ।
विद्युत् तथा सञ्चार सेवा ठप्प भएसँगै स्थानीयले अँध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












