१५० का दरले कुखुराको दानाको मूल्य बढ्यो
भरतपुर । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो ।
दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए ।
तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो ।
मङ्सिरमा रु ७५ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महीनामा रु १५० बढाइएको पुरीले बताउनुभयो । तीन महीनाको अवधिमा प्रतिबोरा रु ३७५ ले दानाको मूल्य बढेको उनले जानकारी दिए ।
प्रतिकेजी रु १४ मा पाइने मकै तीन महीनाको अवधिमा बढेर रु ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो रु ६५ पुगेको छ ।
कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतको कच्चापदार्थ आवश्यक हुन्छ । भटमासको पिना शत प्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । मकै, भटमास मात्र वार्षिक रु २५ अर्बको आयात हुने गरेको दाना उद्योग सङ्घले जानकारी दिएको छ ।
ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य बोरा रु १५० बढेर रु तीन हजार १२५ पुगेको छ । यस्तै बिबान दाना रु दुई हजार ८७५ बाट बढेर रु तीन हजार २५ पुगेको छ भने बिटु दाना रु दुई हजार ८२५ बाट बढेर रु दुई हजार ९७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ ।
यस वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको दाना उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा तिलचन्द्र भट्टराईले बताए । यस वर्ष भारतमा मकै भटमासको उत्पादन कम भएको र बाहिरी देशमा निर्यात र निर्वाचनका कारण मूल्य बढेको उनले जानकारी दिए ।
नेपालमा मकै र भटमास पर्याप्त नहुञ्जेलसम्म सरकारले दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको दाना उद्योगीको भनाइ छ । सरकारले दाना उद्योगलाई पाँच प्रतिशत कृषि सुधार शुल्कमध्ये कच्चा सामग्री आयातमा ३.६ प्रतिशत छुट दिँदै आएको थियो ।
सरकारले दाना उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा पाँच प्रतिशत कर लिने र तयारी दाना भारतबाट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार शुल्क लिने नीति बनाएका कारण दाना उद्योगी धरासायी बन्ने अवस्थामा रहेको भट्टराईले बताउनुभयो । नेपालमा दैनिक तीन हजार मेट्रिक टन दाना खपत हुन्छ ।
यसैबीच कुखुरा र अण्डाको मूल्य नपाएका किसान दानाको मूल्यमा भारी वृद्धि भएपछि चिन्तित बनेका छन् । अहिलेको लागत मूल्यअनुसार अण्डाको मूल्य धेरै कम पाएको नवलपुरको दुम्किबासका किसान चूणामणि भुसालले बताउनुभयो ।
“अहिले अण्डाको मूल्य प्रतिक्रेट रु २३५ छ”, उनले भने, “लागत मूल्य उठाउन पनि प्रतिक्रेट रु २९० पाउनुपर्छ ।” अझै तीन महीना दानाको मूल्य यस्तै रहिरहे र अण्डाले मूल्य नपाए कुखुरापालन व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुने उहाँको गुनासो छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












