ताजा समाचार

नेपाल र युएइबीचको खेल आज [ भिडियो लाइभ यहाँबाट हेर्नुहोस् ]

काठमाडौँ ।

नेपालले आज युएइसँग टी—२० सिरिजको पहिलो खेल खेल्दै छ । ऐतिहासिक ओडिआई सिरिज जितेको नेपालले दुई दिनको विश्रामपछि युएईसँग तीन खेलकै टी २० सिरिज खेल्न लागेको हो ।

टी २० आईको पहिलो खेल आज दिउँसो युएईको स्थानिय समयअनुसार १ बजे र नेपाली समयअनुसार २ः४५ बजे हुनेछ। खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ।

यस्तै दोस्रो टी २० आई फेब्रुअरी १ र तेस्रो टी२०आई फेब्रुअरी ३ मा हुनेछ।

नेपालले अहिलेसम्म टी २० सिरिज जित्न सकेको छैन । यसअघि नेपालले ३ पटक टी२० सिरिज खेलिसकेको छ। जसमा नेपालले एक खेल मात्र जित्न सकेको छ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org