ताजा समाचार

चिकित्सा शिक्षा विधेयकमा २ वटा संशोधन दर्ता

काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गरेको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले संशोधन दर्ता गरेका हुन् ।

संसद सचिवालयका अनुसार विधेयकमा दुईवटा संशोधन दर्ता भएका छन् ।

सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् । लालले विधेयकको प्रस्तावना, दफा १३, १५ र ४६ मा संशोधन दर्ता गराएका हुन ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । मध्यान्ह दुई बजे बोलाईएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारितहोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org