ताजा समाचार

कांग्रेसका कारण बैठक तीन दिनका लागि स्थागित

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थागित भएको छ । नेपाली काँग्रेसले अवरोध कायमै राखेपछि बैठक तीन दिनका लागि स्थगित गरिएको हो ।

कांग्रेसले यसअघि उठाउँदै आएका विभिन्न मुद्दाहरु दोहोर्याउँदै संसद अवरुद्ध गरेको हो ।

बिहीबारको बैठकको सुरुमै कांग्रेस सांसद डा। मिनेन्द्र रिजालले कांग्रेसले उठाउँदै आएका मुद्दाहरुका विषयमा छलफल हुने वातावरण निर्माण नभएसम्म संसद् चल्न नसक्ने बताएपछि कांग्रेसका सांसदहरु आशनबाट उठेका थिए ।

लामो समयसम्म पनि उनीहरु बस्न नमानेपछि सभामुख महराले संसद् बैठक माघ २० गते ३ बजे बस्ने गरी स्थगित गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org