ताजा समाचार

सडकमै टिपर तेर्स्याएर व्यवसायीको आन्दोलन

काठमाडौं । विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध गरेका छन् । माघ १४ गते मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमाथि आगजनी भएको विरोधमा उनीहरुले सडक अवरुद्ध पारेका हुन् ।

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिपर सडकमा तेर्स्याएका हुन् ।

माघ १४ गते सुन्दरहरैचामा टिपरको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए । आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org