अठार वर्षदेखि सिक्रीले बाँधिएर गोठको बास
गोठ मानिसले आफूले पालेका गाईगोरु, भैँसी बाँध्ने ठाउँ हो । गोठमा गाई, भैँसी, बाख्रा नै राखिन्छ, बाँधिन्छ तर बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू त्यही गोठमा गाईगोरुसँगै नजिकै बाँधिएर बस्न थालेको १८ वर्ष पुगिसक्योभन्दा विश्वास नलाग्ला तर त्यही सत्य हो । आफ्नै घर छेउमा रहेको गोठमा उनी १८ वर्षदेखि खुट्टामा सिक्रीले बाँधिएर पशुसरह बस्न बाध्य छन् ।
घरका सदस्यले उनलाई रहरले बाँधेर राखेको भने होइनन् । १८ वर्ष अघिसम्म उनी अन्य सामान्य मानिससरह दैनिकी कार्य गर्दै जीवन बाँचीरहेका थिए तर अचानक उनको बानी व्यवहारमा सामान्यभन्दा फरक आनीबानी देखिन थाल्यो । एक शुरमा हिँड्न थाले । कसैले बोलाइ दिए वा चलाइ दिए नजिक भेट्टाएको जुनकुनै हतियारले आक्रमण गर्न थालेपछि भने परिवारका सदस्यलाई समस्या पर्न थालेपछि बाँधेर राख्नुको विकल्प नरहेको बुबा आइतबारी थारूले बताए ।
घरकै आफ्नै दाजुलाई लाठ्ठीले हानेर बेहोस बनाएका थिए । आफैँले जन्माएको छोरालाई निधारमा हानेर घाइते बनाए । उनको निधारमा लागेको घाउमा टाँका लगाउन परेको थियो । त्यसपछि झनै फुलरामलाई गोठमै हल गोरुसँगै बाँधिएर बस्न परेको छ ।
गोठको सबैतिर खुला छ । एकातिरको खम्बामा सिक्रीले बाँधेर उनको खुट्टा पनि बाँधिएको छ । बस्न र सुत्नका लागि छेउमै दुईवटा काठको पटरा राखिएको छ । उनी उठेर हिँड्न परेको खण्डमा आधा मिटर वरिपरि मात्रै हिँड्न सक्छन् । सुत्न पर छेउमै राखिएको दुई काठको पटराकै सहारा लिनुको विकल्प छैन । फुलराम जो कोहीले गरेको कुराकानी बुझ्छन् । कसैले उनीसँग कुरा गर्न खोजे पनि उनी कुनै प्रतिक्रिया दिँदैनन् । भोक लागेको अवस्थामा आमा भोग लाग्यो खाना ल्याउँ भन्छन् । आफू खान मन लागेको खानेकुरा माग्छन् । आफू मात्रै खान्छौँ । मलाई दिँदैनौँ भन्दै रिसाउँछन् ।
बाँधिएको ठाउँमा उनको नजिक गएर सरसफाइ गर्न नसक्ने अवस्था भएकाले समस्या भएको आमा पार्वती थारूले बताइन् ।
फुलरामलाई मानसिक समस्या देखिन थाले पनि उनको परिवारले शुरुआतमा उपचार पनि गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण नेपालगञ्जसम्म लगेर मात्र उपचार गर्नसकेको बुबा आइतबारी थारूले बताउनुभयो । सम्पत्तिको नाममा सुकुम्वासी आयोगले दिएको पाँच कट्ठा जमीन र बस्नलाई सानो छाप्रा मात्र छ । सबै बेची उपचारमा लगाउँ भने परिवार पाल्न समस्या हुने भएकाले जे होला सहन पर्ला भन्दै छोरालाई बाँधेर राख्नुको विकल्प नभएको दुखेसो बाबु आइतवारीले पोखे ।
बाँसगढी नपा–४ का वडाध्यक्ष रजमान थारूले फुलराम मानसिक रोगी रहेको र उनको अवस्था हेरि अपाङ्गताको रातो परिचयपत्र बनाउनका लागि सहयोगबाहेक केही पनि नगरेको र गर्न पनि नसकिने बताए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












