ताजा समाचार

भरुवा बन्दुकसहित पक्राउ

लमही । दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३ वर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका–१ बस्ने २९ वर्षीय दीपक खत्री र सोही ठाउँका १६ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org