ताजा समाचार

भेनेजुएला प्रकरण: प्रचण्डपथमा नेकपा !

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भेनेजुएला प्रकरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तीलाई सदर गरेको छ ।

भेनेजुएला प्रकरणमा सरकार र नेकपाको राय बाझिएको समाचार सार्वजनिम भइरहेका बेला नेकपाले अध्यक्ष प्रचण्ड र सरकारले जारी गरेको विज्ञप्तीमा कुनै पनि मतभेद नभएको प्रष्ट पारेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताए ।

प्रवक्ता श्रेष्ठले विदेश नीतिको सम्बन्धमा पार्टीभित्र कुनै अन्यौल नभएको दाबी समेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org