ताजा समाचार

३३ किलो सुन तस्करी प्रकरणः युएइबाट थप एक जना पक्राउ

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा एक जना युइएबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार हरि खड्का भन्ने हरिशरण खड्कालाई केही दिन अघि युएइमा पक्राउ गरिएको हो ।

काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

यसअघि खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध इन्टरपोल रेड नोटिस जारी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org