ताजा समाचार

४ जना महिलाले गरे ‘श्रीमान् मन पर्दैन’ भन्दै आत्महत्या

भारतमा बेलाबेला विभिन्न प्रकृतिका घटनाहरु घटिरहेका हुन्छन् । त्यसैपनि विश्वको धेरै जनसंख्या भएको देशमध्ये पर्ने भारतमा समय समयमा आश्चार्यजनक घटनाहरु घट्नु स्वभाविक नै हो ।
केही समय अघि भारतमा एक अर्को घटना घटेको छ । भारत गुजरातको बनासकान्ठामा भएको एक सामूहिक आत्महत्याको दुखद् घटना सार्वजनिक भएको छ। वाव थाना क्षेत्रको देवपुरामा चारजना साथीले नर्मदा नहरमा हामफालेर सामूहिक आत्महत्या गरेका छन्।

प्रहरीले घटनास्थलबाट उनीहरुले लेखेको सुसाइट नोट फेला पारको छ। सुसाइट नोटमा उनीहरुले आत्महत्या गर्नुको कारण उल्लेख गरेका छन्। अहिले यस घटनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सामूहिक आत्महत्या गर्नेमा मीनाक्षी, शिल्पा, हकी र जमना रहेका छन्। जमना र शिल्पा दीदी बहिनी हुन्। जसमध्ये शिल्पा र मीनाक्षी विवाहित हुन्।

घटनास्थलमा फेला परेको सुसाइट नोटमा उल्लेख भए अनुसार मीनाक्षीले आफुले मुटु रोगको सामना गरिरहेको र यस्तो पिडामा आफुलाई बाच्न मन नभएको उल्लेख गरेको बताइएको छ। सुसाइट नोटमा शिल्पाले आफूलाई श्रीमान् मन नपरेको र घरका मान्छेले समेत आफुलाई वेवास्ता गरेको कारण मृत्यु रोजेको उल्लेख छ।

उनीहरुले सुसाइट नोटमा यस्तो जिन्दगी बाँच्नु भन्दा मर्नु उचित भएको भन्दै आमा–बुवासँग माफी मागेका छन्।

मीनाक्षी र शिल्पाले आत्महत्या गर्नको लागि नहरमा हाम फालेको र उनीहरुलाई बचाउँन खोज्दा हकी र जमनाको पनि ज्यान गएको हुनसक्ने प्रहरीको आशंका छ।

यस सामूहिक आत्महत्याका पछाडी अन्य कारण छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org