यी हुन संसदमा उठेका प्रश्न
चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजारौँ नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान दिन आग्रह गरे ।
शून्य समयमा आफ्नो धारणा राख्दै उनले गण्डकी प्रदेशको प्रमुख नाकासमेत रहेको कालीगण्डकी करिडोर नवलपुर जिल्लामा जोडिने भएकाले ती दुई महत्वपूर्ण आयोजना अगाडि बढाउन सकिए आर्थिक गतिविधि र विकास निर्माणको प्रक्रियाले गति लिने उनको भनाइ थियो ।
पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको बस्तीमा सडक निर्माण हुन नसक्दा स्थानीय जनताले कष्टकर जीवनयापन गर्नुपरेको भन्दै सडक निर्माणको काम अगाडि बढ्न नसकेकामा गुनासो गरे ।
उनले विकास निर्माणको काममा भइरहेको ढिलाइका कारण समस्या बढेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
पूँजीगत खर्च नबढेकामा चिन्ता
यस्तै शून्य समयमा सांसद डिला सङ्ग्रौलाले पूँजीगत खर्च बढ्न नसकेकामा गुनासो गरे । वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्य राखेको भए पनि मुलुकको आर्थिक सूचकाङ्क सकारात्मक नभएको, शोधान्तर खाता बढेको तथा उपभोग्य र निर्माण सामग्रीको मूल्य बढेकामा चिन्ता व्यक्त गरे ।
त्यस्तै सांसद तेजुलाल चौधरीले नेपाल वायु सेवा निगमले खरीद गरेको दुई वटा वाइडबडीमा भएको भनिएको अनियमितताको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदनले दोषी देखाइएकालाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न गरेका थिए ।
स्थानीय तहमा विगतदेखि शुरु भएका साना आयोजनामा सरकारले ध्यान नदिएका कारण करोडौँको लगानी खेर भएको भन्दै सांसद दीलेन्द्रप्रसाद बडूले त्यस्ता आयोजना केन्द्र, प्रदेश र स्थानीय सरकार कसले हेर्ने हो यथाशीघ्र जानकारी गराउन आग्रह गरे ।
सांसद पुष्पा भुसालले देशव्यापीरुपमा महिला हिंसाको घटना बढेको र सरकारी निकायले दोषीलाई कारवाही गर्न नसकेको, निर्मला पन्तको बलात्कारपछिको हत्याका सम्बन्धमा हालसम्म कुनै पनि प्रगति हुन नसक्नु दुःखद् रहेको बताए ।
सांसद प्रभु साहले सार्वजनिक सवारी साधनमा महिला, ज्येष्ठ नागरिकलाई छुट्याइएको सिटमा आरक्षण नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद बालकृष्ण खाँणले आफ्नो पार्टी निकटका नेपाल विद्यार्थी सङ्घका अध्यक्षलगायत कार्यकर्तालाई दुःख दिइएको भन्दै गुनासो गर्नुभयो । उनले झुटो मुद्दा लगाइएका विद्यार्थी नेताको मुद्दा तत्काल फिर्ता लिनसमेत आग्रह गरे ।
भेनेजुयलाका बारेमा स्पष्ट जानकारी दिन माग
दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकालगायतका देशले अनावश्यक चासो राखेको भन्दै सांसद प्रेस सुवालले नेपाल सरकारकोतर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे ।
सार्वभौम मुलुकमाथि कुनै पनि देशले अनावश्यक चासो दिने, हस्तक्षेप गर्न नपाइने अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा त्यस्तो नभएकाले नेपाल जस्ता मुलुकले स्पष्ट अडान सार्वजनिक गर्नुपर्ने बताए ।
उनले भेनेजुयलाका विषयमा सङ्घीय संसद्मा समेत छलफल गर्न माग गरे । शून्य समयमा सांसदहरु देवप्रसाद गुरुङ, देवेन्द्रराज कँडेल, अम्बिका चौधरी, पार्वती डिसी चौधरी, धर्मशीला चापागाईंले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












