ताजा समाचार

जीप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं ।
सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको फिकल गाउँपालिका—२ मा भएको दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन् । बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ७ जना घाइते छन् । घाइते मध्ये भने ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org