ताजा समाचार

नेकपा नेता अधिकारीलाई मेडिसिटीबाट ह्याम्स किन सारियो ?

काठमाडौं ।

पूर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीलाई मेडिसिटी अस्पतालबाट ह्याम्स अस्पतालमा सारिएको छ ।

अधिकारीलाई मेडिसिटीबाट किन सारियो भन्ने उल्लेख गरिएको छैन् यद्यपी नेकपाका एक नेताका अनुसार उपचारबाट अपेक्षित लाभ नमिलेपछि ह्याम्स सारिएको हो ।

नेता अधिकारीलाई ह्याम्स सारिएको जानकारी दिँदै नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमा ‘बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जो कोहीलाई भएको छ।’ भनेर लेखेका छन् ।

उनले भनेका छन् ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org