ताजा समाचार

हृदेश त्रिपाठीले गरे कृषि मन्त्रालय खारेजीको माग

काठमाडौं ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालय खारेजीको माग गरेका छन् । कृषि मन्त्रालयले किसानको पक्षमा काम नगरेको भन्दै सांसद त्रिपाठीले कृषि मन्त्रालय खारेजीको माग गरेका हुन्।

‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ। यो पनि विचौलियाको काम गरेको छ। सांसद त्रिपाठीले भने, ‘कृषिमा २०३४ सालदेखि अहिलेसम्मको लगानी किसानमाथि जम्मा १८ प्रतिशत खर्च भएको छ । र, ८२ प्रतिशत अन्य तामझाममा खर्च भएको छ।’

सांसद त्रिपाठीले उखु किसानको समस्या उठाउँदा उठाउँदा आफूलाई लाज लागि सकेको बताए । आउँदो जेठ असारसम्म चिनीको संकट हुने दाबी गर्दै त्रिपाठीले भने, ‘फेरि आयातका लागि व्यापारीहरु लाग्ने छन्। दुई लाख मेट्रिक टनभन्दा बढी चिनी नेपाली कांग्रेसको सरकारको बेलामा ल्याइयो। र, उत्पादित चिनी बिक्न सकेन र बाहिरबाट ल्याएको चिनी बिक्री भयो। किसान पीडित भए।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org