ताजा समाचार

अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बम विष्फोट

संखुवासभा जिल्लामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउसमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

९ सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरी निर्माण भइरहेको उक्त आयोजनाको पावर हाउसमा गएराति विस्फोट गराइएको हो । नेपाल प्रहरीको सुरक्षा घेराभित्र यो परियोजनाको निर्माण भारतीय सतलज कम्पनीले गरिरहेको छ ।

प्रहरीका अनुसार आयोजनाको पावर हाउसमा तीनवटा बम विष्फोट गराइएको प्रहरी कार्यालयले जनाएको छ।

गतवर्ष पनि सोही क्षेत्रमा गराइएको विष्फोटमा पावर हाउस भवनका दुईवटा कोठामा क्षति पुगेको थियो ।

घटनास्थलमा तीनवटा बम विष्फोट गराएको भएपनि हालसम्म कुन बम विष्फोट भएको यकिन भइनसकेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org