ताजा समाचार

बसोबास आयोग गठन हुने

सरकारले भूमिहीन, सुकुम्बासी र अव्यस्थित बसोबास भएकाहरुका लागि बसोबास आयोग गठन गर्ने भएको छ । उनीहरुका समस्या समाधानका लागि ऐन स‌ंशोधन अघि बढेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी बताइन् ।

भूमि समस्या समाधानका लागि कानुनी र मानवीय उद्धेश्यले भूमिसम्बन्धी ऐन २०२१ को आठौं संसोधनको प्रक्रिया अघि बढाएको अर्यालले जानकारी गराइन्।

संसदबाट ऐन पारित भएसँगै व्यवस्थित वसोबास आयोगको गठन हुने उनले आजको संसद बैठकमा जानकारी गराइन्।

प्रदेश र स्थानीय तहका सरकारसँग भूमिसम्बन्धि सहकार्य हुन्छ कि हुँदैन भनि कांग्रेस सांसद गगन थापाले संसदमा जिज्ञासा राखेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org