ताजा समाचार

एकाएक प्रचण्डले किन दिए यस्तो अभिव्यक्ति ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरी अर्को माओवादीको जन्म हुने बताएका छन् । अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामा गरिएका प्रतिवद्धता लागू नगरिए नचाहदाँ नचाहँदै पनि देशमा अर्को माओवादीको जन्म हुने र पुनः द्वन्द्व उत्पन्न हुने चेतावनी समेत दिए ।

जिल्ला समन्वय समिति पश्चिम रुकुमले आयोजना गरेको न्यायिक समितिः ‘कार्यविधि र प्रक्रिया’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले संविधानले प्रत्याभूत गरिएका अधिकार हनन हुने परिस्थिति आए स्थिति भयानक हुने चेतावनी दिए ।

प्रचण्डले अहिलेकै अवस्था निरन्तर रहेमा मधेसमा एक ढंगले र पहाडमा अर्को ढंगले विकराल स्थिति उत्पन्न हुने औल्याए। उक्त परिस्थिति उत्पन्न भए विगतमा जस्तै १२ बुँदे र शान्ति सम्झौता जस्तै सहज तरिकाले समाधान ननिस्कने चेतावनी उनले दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org