ताजा समाचार

रोकिएन काठमाडौंमा नक्कली नोटको कारोबार, गोंगबुबाट डेढ लाख समातियो

काठमाडौं । गत कात्र्तिक महिनामा काठमाडौंबाट ठूलो परिणाममा नक्कली नोट बरामद गर्न सफल प्रहरीले फेरी गौंगबुबाट नक्कली नोट सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ओमबहादुर कुँवर क्षेत्रीलाई महानगरीय प्रहरी प्रभाग, गोंगबुले १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो ।

हाल हिक्मत कुँवर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org