ताजा समाचार

फेरी १२ वर्षीया बालिका बलात्कृत

काभ्रे । देशका विभिन्न भागमा बालिका बलात्कार घटनाहरु बढ्ने क्रम बढीरहेका बेला काभ्रेमा १२ वर्षीया बालिका बलात्कृरको शिकार भएकी छिन् । प्रहरीले बालिका बलात्कारको अभियोगमा दैलेख बिन्दासैनी नगरपालिका–१ घर भई बनेपा नगरपालिका–३ मा बस्ने ५० वर्षीय कमल अधिकारीलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका काँक्रे बस्ने बालिकालाई मोबाइलमा फिल्म देखाइदिन्छु भन्दै फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

गत बुधबार कमल अधिकारीले बलात्कार गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org