ताजा समाचार

नेकपा सचिवालय बैठकले के निर्णय गर्‍यो ?

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कार्यदलका सदस्यहरुसँग सामूहिक रुपमा छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित नेकपाको कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा कार्यदलले बुझाएको ‘अपूर्ण’ प्रतिवेदनमाथि छलफल भएको थियो । आजकै विषयमा अर्को दिन बस्ने बैठकमा थप छलफल गर्ने नेकपाले जनाएको छ । अर्को बैठक ९ गतेका लागि बोलाइएको छ ।

गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलले आफ्नो प्रतिवेदन तयार नगर्दै गत माघ २१ मा बसेको सचिवालयको बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन निर्देशन दिएको भएपनि कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org