कर्णाली पुग्ने पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु
जुम्ला । कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ । नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो ।
रारा, से फोक्सुण्डो, त्रिपुरासुन्दरी, कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध स्तुपलगायत कर्णालीमा रहेका पर्यटकीय तथा धार्मिकस्थल अवलोकन भ्रमण गर्ने हजारौँ पर्यटकले यहाँको जैविक खाना रुचाउने गरेका छन् ।
पर्यटकले यहाँको मार्सी चामल, सिमी, स्याउ, स्याउको चाना र ब्राण्डी, ओखर, फापरको पीठो, कोदोको पीठो, मकै, गहुँ, आलु, गेँडागुडी र अन्य फलफूललगायतका जैविक उत्पादन खाने र घर फर्किदा नासोको रुपमा लैजाने गर्दछन् ।
चन्दननाथ नगरपालिका–१० खल्लागाउँका रामकृष्ण चौलागाईंले २०६७ सालदेखि आरके स्याउ प्रशोधन तथा फलफूल डिष्ट्रिलरी उद्योग सञ्चालन गरेर फलफूलबाट ब्राण्डी, वाइन, चामजेली, चाना, जुस, साइटर उत्पादन गर्नुभएको छ । सो उद्योगबाट वार्षिक रु तीन करोड बराबरको कारोवार हुने गरेको उनले जानकारी दिए । नेपालका ठूला शहरमा आफ्नो उद्योगबाट उत्पादित वस्तु पुग्ने गरेको उनले बताए ।
होटल व्यवसायी पदमबहादुर महतका अनुसार होटलमा बस्ने अधिकांश पर्यटकले स्याउको ब्राण्डीसँग खाजा नास्ता खाने गर्दछन् । चितवन महोत्सवको स्टलमा राख्नका लागि रु सात लाख बराबरको यहाँको अर्गानिक खाद्य वस्तु तथा पेय पदार्थ लगिएको उनले बताए ।
यस्तै चन्दननाथ–६ पुरानो बसपार्कमा रहेको न्यू कोसेली घरका प्रोपाइटर दीपराज रावतले अर्गानिक खाद्यवस्तु पर्यटकलाई पु¥याउन नसकिएको बताए । “मार्सी चामलको माग बढ्दो छ, तर जुम्लामा मार्सी चामलको उत्पादन जोगाउन चुनौती छ”, उनले भने, “वार्षिकरुपमा मार्सी चामल रु दश लाखको कारोवार हुने गरेको छ ।”
जिल्ला कृषि विकास कार्यालयका विज्ञ बालकराम देवकोटाकाले हरेक वर्ष जिल्लामा जैविक उत्पादन बेचबिखन गर्ने क्रम बढेको बताए । “प्राङ्गारिक उत्पादनबाट जिल्लामा हरेक वर्ष करोडौँ रकम भित्रिएको छ, अझै यसलाई बढवा दिनुपर्छ”, उनले भने । जिल्लामा अहिले जैविक वस्तुको लेवलिङ, प्याकेजिङ र सोको महत्वबारे प्रचारप्रसार हुन थालेपछि स्थानीयले पनि जैविक खान्की बेचेर राम्रो कमाइ गर्न थालेकाले पर्यटक तथा व्यापारीका लागि किनमेल गर्न सहज भएको उनले बताए ।
घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कअनुसार कृषिसँग सम्बन्धित उद्योग ३३६ छन् । त्यसैगरी प्राइभेट फार्म एक हजार ५३३, साझेदारी फार्म १२५, लद्युउद्यम ३२१ र वाणिज्यतर्फ दुई हजार १२९ रहेका छन् । जिल्लामा उत्पादन हुने जैविक वस्तुको जिल्लाभित्र र बाहिरका बजारमा माग बढ्दै गए पनि यसको उत्पादन भने विस्तारै घट्दै गएको छ । जैविक खाद्यान्न, तरकारी तथा फलफूलको माग बढे पनि उत्पादन घटेको विज्ञ देवकोटाले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार खेतीयोग्य जमीनमा अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तन बढ्दै जानु, बालीचक्र फेरिनु तथा पछिल्लो पुस्ताको कृषिप्रतिको मोह घट्नुका कारण प्राङ्गारिक उत्पादन घट्दै गएको हो । जुम्लामा उत्पादन हुने ढटेलो र आरुको तेल, मार्सी चामल तथा महको माग अहिले विश्व बजारमा बढिरहेको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












